मकवानपुरमा आज थप ७५ जना कोरोनामुक्त भए
मकवानपुर । मकवानपुरमा बुधबार ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेका ७५ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लामा आज संक्रमणमुक्त हुनेमा हेटौँडा उपमहानगरपालिकाका ५४ जना, थाहानगरपालिकाका ३ जना, मकवानपुरगढी, कैलाश र मनहरी गाउँपालिकाका २÷२ जना, इन्द्रेसरोवर गाउँपालिकाका १० जना र बकैया गाउँपालिकाका २ जना रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ९ सय ९२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
त्यस्तै, आज जिल्लामा थप ६७ कोरोना संक्रमण पुष्टि भएको छ । आज ७४ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा र १५९ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार आज जिल्लामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ का ७३ वर्षीय पुरुष रहेका छन्।
