थप ३८४० जनामा संक्रमण पुष्टि, ३३ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १३,बुधबार १७:१३

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४० जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ८ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ६ सय ३४ जनामा र ४ हजार ९ सय २२ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार २ सय ६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ९ सय ९३ जना कोरोना संक्रमुक्त भएका छन् भने ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमितको कूल संख्या ७ लाख ४६ हजार ६ सय ५७ जना पुगेको छ । त्यसमध्ये ६ लाख ४९ हजार ७२ जना संक्रमणमुक्त भएका छन् १५ हजार ८ सय ८ जनाको मृत्यु भएको छ ।