समाचार
हेटौँडा एकेडेमीको कार्यकारी प्रमुखमा रमेश रिमाल
मकवानपुर । हेटौँडा एकेडेमीको कार्यकारी प्रमुखमा रमेश रिमाल नियुक्त भएका छन् । बुधबार एक कार्यक्रमको आयोजना गर्दै विद्यालयले रिमाललाई एकेडेमीको कार्यकारी प्रमुखमा स्वागत गरेको छ । कार्यक्रममा बोल्दै कार्यकारी प्रमुख रिमालले विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउन आफूले महत्वपूर्ण भूमिका खेल्ने बताए । विद्यालयलाई देशकै उत्कृष्ट बनाउने गरी शैक्षिक कार्यक्रमलाई अगाडि...
बागमती प्रदेशका किसानका लागि सहुलियतपूर्ण ऋण लगानी गर्दैछौँ – अर्थमन्त्री ढुंगेल
मकवानपुर । बागमती प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले चालु आर्थिक बर्ष ०७८/०७९ मा सरकारले गरिबीको रेखामुनी रहेका जनताहरुको लागि बिना धितो सहुलियतपूर्ण ऋणको व्यवस्थापन गरिएको बताएका छन् । बुधबार हेटौंडामा आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ढुंगेलले सर्वसाधारण जनताको लागि ल्याइएको...
यी हुन आज सर्वाधिक कमाउने कम्पनीहरु
काठमाडौँ । आज पूँजी बजारमा २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब माथिको कारोबार भएको छ । आज नारायणी डेभलोपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रगिरि हिल्स लिमिटेडको शेयरमा पोजेटिम सर्किट लागेर सर्वाधिक कमाउन सफल भएको हो । त्यस्तै, सोल्टी होटेलको...
आज नेप्सेको परिसूचक १५ अंकले बढ्यो
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ । नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब...
मकवानपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु, कुल संख्या कति पुग्यो ?
मकवानपुर । मकवानपुरमा थप एक जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ का ७३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, ती पुरुषको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान ११ बजेर ३० मिनेटको समयमा...
मकवानपुरका दुईसहित तीन जना प्रहरीको नियन्त्रणमा
मकवानपुर । काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्वर ६ फर्पिङबाट प्रहरीले जीवित कछुवासहित तीन जनालाई नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले सरिसृप पहेंलो रंगको जीवित कछुवासहित तीन जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीको नियन्त्रणमा हुनेहरुमा मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ का २६ वर्षीय विशाल सुनार, ४१...
मकवानपुरको बकैयामा मानव कंकाल फेला
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकाको एक सामुदायीक वनमा मानव कंकाल फेला परेको छ । उक्त मानव कंकाल बकैया गाउँपालिकाको वडा नम्वर ४ मा रहेको गुराँस सामुदायीक वनमा हड्डी र कंकालहरू फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको...
मकवानपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ३ बस्ने २२ वर्षीय बुद्ध भोलोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । आज बकैया–८ खजुरीदमारमा खेत जोत्दै गरेको प्रदेश...
पूर्व माओवादीका ४ नेता सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगे
काठमाडौं । पूर्व माओवादीका ४ नेताले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमाओवादी नेताहरू पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका हुन् । गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल...
गुल्मीको मुसिकोटमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–३ दोभानस्थित सडकखण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परी ७ जना घाइते भएका छन् । आज बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र...









