गुल्मीको मुसिकोटमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर–३ दोभानस्थित सडकखण्डमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सोही दुर्घटनामा परी ७ जना घाइते भएका छन् ।
आज बिहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट तम्घास आउँदै गरेको लु १ ज ४५५९ जीप दोभानमा दुर्घटना हुँदा चन्द्रकोट गाउँपालिका–४ का तेजेन्द्र थापा र वडा नम्बर ५ हरेवाका रेशम कार्की कार्कीको मृत्यु भएको हो ।
मृतक एक जना महिलाको भने हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाइते भएका ७ जनालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास ल्याउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको जीप सडकबाट करीब ५ सय मिटर तल खसेको छ ।
