समाचार
सत्ता पक्षको बैठकः तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको सत्तापक्षको बैठकले तत्काल मन्त्रिपरिषद विस्तार गर्ने समझदारी गरेको छ । त्यस्तै बैठकमा गठबन्धनको तर्फबाट सरकारको साझा नीति तथा कार्यक्रम ल्याउनेबारे पनि छलफल भएको छ । प्रदेश प्रमुख र विभिन्न निकायमा गरिने राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाएर अघि बढ्ने विषयमा पनि शीर्ष...
सर्लाहीमा पोखरीमा डुबेर ३ जनाको मृत्यु
सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका वडा नम्वर ३ भेल्हीस्थित निजी पोखरीमा डुबेर ३ जनाको मृत्यु भएको छ । स्थानीयबासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीय सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम...
ट्रकको ठक्करबाट विष्ट दम्पतीको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने झापाको दमक नगरपालिका वडा नम्वर ४ स्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नम्वर ३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले...
बालुवाटारमा माधव नेपालसहित सत्ता गठबन्धनको बैठक
मकवानपुर । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता गठबन्धनमा आबद्ध दलहरुको संयक्तु बैठक जारी छ । बैठकमा नेकपा एमालेको माधव नेपाल पक्षको समेत प्रतिनिधित्व रहेको छ । बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल भइरहेको जनाइएको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल,...
हेटौँडाका तामाङसहित तीन जना पक्राउ
बारा । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्वर २२ स्थित पुर्व–पश्चिम लोकमार्गको २ नम्वर पुल नजिक जर्गा होटल अगाडिबाट प्रहरीले हात्तीको दारासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमाहरुमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरीका ३५ वर्षीय सुवास तामाङ, बाराको निजगढ नगरपालिका वडा नम्वर ११ रतनपुरका ३५...
हेटौँडामा निः शुल्क शव वाहन सेवा
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले निः शुल्क शव वाहनको सेवा दिन सुरु गरेको छ । उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाटसम्म पुर्याउन सहज होस भन्ने उद्देशयले निः शुल्क शव वाहनको सेवा सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए । उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार...
मकवानपुरमा २५ जना बेपत्ता
मकवानपुर । मकवानपुरमा पछिल्ला दिनमा दिनहँ कोही छोरी, कोही बुहारी त कोहीका पत्नी र बालबालिका हराएको भन्दै खोजीका लागि निवेदन दिन जिल्ला प्रहरी कार्यालय मकवानपुरको महिला सेलमा धाउने गरेका छन् । महिला र बालबालिकाहरु बेपत्ता हुनेका संख्या दैनिकरुपमा बढ्दो छ । जिल्लाका शहरी ग्रामीण क्षेत्रका बासिन्दाको कमजोर आर्थिक स्थिति,...
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसमपूर्वानुमान जारी गरेको छ । महाशाखाले बुधबार, बिहिबार शुक्रबारको मौसमपूर्वानुमान जारी गरेको हो । माशाखाले बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । साथै प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा...
प्रधानमन्त्रीले अमेरिकासँग मागे थप खोप
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग कोभिड–१९ विरुद्धको थप खोप सहयोग गर्न आग्रह गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग मंगलबार बेलुका टेलिफोन कुराकानी गर्दै देउवाले खोप सहयोग गर्न आग्रह गरेका हुन् । भारतको दुईदिने भ्रमणका क्रममा रहेका ब्लिन्केनले नयाँदिल्लीबाट प्रधानमन्त्री देउवालाई फोन गरेका थिए । कुराकानीका क्रममा उनीहरूबीच...
एक हजार युवालाई इजरायलमा रोजगारी
कोभिड–१९ संकटका कारण वैदेशिक रोजगारीका क्षेत्रमा संकुचन आइरहेका बेला इजरायलले नेपालबाट एक हजार केयरगिभरका लागि श्रमिक लैजाने भएको छ । लामो कूटनीतिक पहलपछि आकर्षक श्रम गन्तव्य इजरायलमा नेपाली युवाले सरकारी तवरबाट सहायक कामदारका रुपमा केयरगिभरमा रोजगारी पाउने भएका हुन् । श्रमिकमैत्री कानुन, बिमासहितको विभिन्न सुविधा र औसत मासिक २...









