हेटौँडामा निः शुल्क शव वाहन सेवा
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले निः शुल्क शव वाहनको सेवा दिन सुरु गरेको छ ।
उपमहानगरपालिका क्षेत्रभित्रमा घरमा वा अस्पतालमा कसैको मृत्यु भइहालेमा आर्यघाटसम्म पुर्याउन सहज होस भन्ने उद्देशयले निः शुल्क शव वाहनको सेवा सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिए ।
उपमहानगरपालिकाले ठेक्का मार्फत २३ लाख ३५ हजार रुपैयाँ लागतमा शव वाहन खरिद गरिएको हो ।
उपमहानगरपालिका क्षेत्रमा कसैको भवितव्य रुपमा खोलामा डुवेर, झुण्डएर, विस सेवन गरेर मृत्यु भएमा पोष्टमार्टमका लागि अस्पतालसम्म ल्याउन पनि शव वाहनले सेवा दिने मेयर महतले बताए ।
शव वाहन उपमहानगरपालिका कार्यालयमा रहेको छ ।
