ट्रकको ठक्करबाट विष्ट दम्पतीको मृत्यु
काठमाडौं । पूर्वपश्चिम राजमार्ग अन्तरगत पर्ने झापाको दमक नगरपालिका वडा नम्वर ४ स्थित सडकमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कनकाई नगरपालिका वडा नम्वर ३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी श्रीमती ३६ वर्षीया भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ४ ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेका थिए ।
मोटरसाइकलमा सवार दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।
