पूर्व माओवादीका ४ नेता सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च पुगे

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १५:००

काठमाडौं । पूर्व माओवादीका ४ नेताले सांसद पदमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

नेकपा (माओवादी केन्द्र)को कारबाहीका आधारमा प्रतिनिधि सभा सदस्यबाट पदमुक्त भएका चारजना पूर्वमाओवादी नेताहरू पुनर्वहालीको माग गर्दै बुधबार सर्वोच्च पुगेका हुन् ।

गत चैत २६ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पत्रका आधारमा संसद् सचिवालयले आफूहरुलाई सांसद पदबाट मुक्त गर्ने निर्णय संविधान, ऐन र माओवादीको विधानविपरीत भएको भन्दै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी परमादेशबाट सांसद पदमा पुनर्वहालीको माग गर्दै अदालत गएका हुन्।