मकवानपुरमा कोरोनाबाट थप एक जनाको मृत्यु, कुल संख्या कति पुग्यो ?
मकवानपुर । मकवानपुरमा थप एक जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ का ७३ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, ती पुरुषको हेटौँडा अस्पतालमा उपचारको क्रममा आज बिहान ११ बजेर ३० मिनेटको समयमा मृत्यु भएको हो ।
उनलाई गत साउन ९ गते कोरोना संक्रमण पुष्टि भएकोर सोही दिन उपचारको लागि हेटौँडा अस्पतालमा भर्ना भएका थिए ।
यससँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको कूल संख्या १ सय ४१ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुले जनाएको छ ।
