मकवानपुरमा ट्याक्टर दुर्घटना, एकको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १५:३३

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा खेत जोत्दै गरेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्वर ३ बस्ने २२ वर्षीय बुद्ध भोलोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

आज बकैया–८ खजुरीदमारमा खेत जोत्दै गरेको प्रदेश नं. ३–००१ त २५२ नम्बरको ट्याकटर अनियन्त्रि भई दुर्घटना हुँदा भोलोनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए ।

उनका अनुसार, स्थानीय कृष्णबहादुर बज्युको धान रोप्न खेत जोत्दै गरेको ट्याकटर दुर्घटना भएको हो ।

मृतक भोलोनको शव पोस्टमार्टमको लागि हेटौँडा अस्पताल ल्याउँदै गरेको र उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।