कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन

तु खबर संवाददाता
२०७८ श्रावण १३, बुधबार १८:३४
file photo

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले कक्षा १२ को प्रत्येक परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार शिक्षा मन्त्रालयका अधिकारीहरुसंग आगामी साउन ३१ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा सन्दर्भमा समितिले छलफल गरेको थियो ।

कोरोना संक्रमणलाई ध्यानमा राखेर सबै परीक्षा केन्द्रमा स्वास्थ्य मापदण्ड अपनाउन र स्वास्थ्यकर्मी राख्न निर्देशन दिएको समिति सभापति जयपुरी घर्तीले बताइन् ।

साथै उनले सकेसम्म परीक्षा शुरु हुनु अगावै खोप लगाउने व्यवस्था मिलाउन पनि सरकारलाई भनिएको जानकारी दिए ।

कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होम सेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।