समाचार

सामरी खोलाले बगाएर घलानको मृत्यु

मकवानपुर । सामरी खोलाको किनारमा एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित सामरी खोलाको किनारमा शव भेटिएको हो । फेला परेको शव मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ निवासी ४२ बर्षीया तुलसी माया घलानको रहेको प्रहरीले जनाएको छ ।...

६५ केजी लागुऔषध गाँजासहित २ जना पक्राउ

मकवानपुर । ६५ किलो लागुऔषध गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवनको भरतपुर महानगपालिका वडा नं २० चनौली बस्ने वर्ष ३८ को रोशन परियार र मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ६ बस्ने वर्ष ४३ को ललित तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक...

मन्त्रिपरिषद विस्तारः कांग्रेसले ८, माओवादी र जसपाले ७/७ मन्त्रालय पाउने

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको सहभागिता बिनानै मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ । विहीबार बसेको सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले...

मुख्यमन्त्री पौडेलद्वारा चुरियामाई सुरुङमार्ग पुर्णनिर्माण कार्यको शिलान्यास

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौँडा उपमहानगपालिका वडा नम्वर–१५ स्थित चुरियामाई सुरुङमार्गको पूनःनिर्माण कार्यको शिलान्यास गरेका छन् । राणाकालिन समयमा निर्माण गरिएको एसियाकै पुरानो उक्त सुरुङमार्ग पुनःनिर्माण कार्यको आज शिलान्यास गरिएको हो । उक्त स्थानमा नेपाली इन्जिनियर स्वर्गीय डिल्लीजङ थापा नेतृत्वसहितको प्राविधिक टोलीले १०४ वर्षअघि हेटौँडा–वीरगञ्ज सडकखण्डमा...

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ निष्काशन आजबाट खुल्ला

काठमाडौं । मैलुङ खोला जदविद्युत कम्पनी लिमिटेडको आइपिओ निष्काशन तथा बिक्री आजबाट खुल्ला भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री आजबाट खुल्ला गरेको हो ।...

दुई वडाध्यक्षसहित जुवाको खालबाट १५ जना पक्राउ

हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले बुधबार १५ जनालाई पक्राउ गरेको छ । नियमित गस्तीका क्रममा अदानचुली–३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो । तासप्रति कठोर नीति लिएको स्थानीय प्रशासनले जिल्ला...

कांग्रेस पदाधिकारीको बैठक दिउँसो २ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज दिउँसो २ बजेको लागि सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ । बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने बुझिएको छ । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप केही नमिलेको भए मिलाएर ल्याउन एक दिनको समय दिएको थियो ।...

आज कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो २ बजेपछि पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बस्ने भएको हो । सो बैठकमा आगामी १४ औं महाधिवेशनको विषयमा छलफल हुने कांग्रेसका एक नेताले जानकारी दिए । बुधबारको बैठकले क्रियाशील सदस्यता सम्बन्धमा थप...

मकवानपुरमा जारी निषेधाज्ञा साउन २४ गतेसम्म लम्बियो

मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन समिति मकवानपुरको हिजो बुधबार बसेको बैठकले मकवानपुरमा जारी निषेधाज्ञा आगामी साउन २४ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बसेको उक्त बैठकले आज साउन १४ गते राति १२ बजेदेखि लागू हुने गरी आगामी साउन २४ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको...

बीपी प्रतिष्ठानमा बेथिति : मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी

सुनसरी । सरकारी संस्थामा भ्रष्टाचार हुन्छ भन्ने आम बुझाइ छ । तर, कुन हदसम्म ? धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकरण खरिदमा दुई–तीन गुणा होइन, २८ गुणासम्म बढी खर्च भएको पुष्टि भएको छ । मुटुसम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग हुने ‘इन्ट्रा एओर्टिक बेलुन पम्प’ खरिदमा चरम भ्रष्टाचार भएको छ । मुटु...