सामरी खोलाले बगाएर घलानको मृत्यु
मकवानपुर । सामरी खोलाको किनारमा एक जना महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित सामरी खोलाको किनारमा शव भेटिएको हो ।
फेला परेको शव मकवानपुरगढी गाउँपालिका वडा नम्वर ६ निवासी ४२ बर्षीया तुलसी माया घलानको रहेको प्रहरीले जनाएको छ ।
बुधबार साँझ दूघ बेचेर घर फर्किने क्रममा उनलाई सामरी खोलामा आएको भेलले बगाएको थियो ।
उक्त शवलाई पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ।
