समाचार

सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

काठमाडौं । आइतबार सुनको भाउमा गिरावट आएको छ । सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज तेजावी चाँदीको प्रतितोला मूल्य...

कोरोना संक्रमणका कारण एकै परिवारका ३ जनाको मृत्यु

उदयपुर । कोरोना संक्रमणका कारण दुई साताको अवधिमा एकै परिवारका ३ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या पनि दिनप्रतिदिन बढ्दै गएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिलसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारीको अनुमतिमा स्थानीय प्रहरी र टोल विकास समितिको बैठकले शनिबार रातिदेखि सो क्षेत्र सिल...

ज्ञानोदय बालबाटिकाद्वारा एक दिने कार्यशाला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका संगम चोकमा अवस्थित रहेको ज्ञानोदय बालबाटिका अङ्ग्रेजी माध्यमिक विद्यालयमा एकदिने शिक्षण सिकाई तालिम सम्पन्न भएको छ । शनिबार ज्ञानोदय स्कुलले शिक्षणसिकाइमा प्रविधिको प्रयोग गरी शिक्षण सिकाई कृयाकलाप कसरी रुचिकर, बिधार्थी केन्द्रीत आधुनिक बनाउन सकिन्छ भन्ने विषयमा एकदिने तालिम सम्पन्न भएको छ । तालिममा विवशजंग थापाले...

सिन्धुपाल्चोकमा बाढीः रातो पुल र रेडियो मेलम्चीको भवन बगायो

मकवानपुर । गएरातीको अविरल बर्षापछि आएको बाढीले सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुर्याएको छ । बाढीले आइतबार बिहान नौ वटा पक्की घर, आठ वटा कच्ची घर, एउटा झोलुंगे पुल र एउटा पक्की पुलसमेत बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । झोलुङ्गे पुलले हेलम्बुको तीन...

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै आजदेखि २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ । शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित...

अमेरिकामा एक नेपाली युवकको मृत्यु

अमेरिका । अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ । पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको जुलाई २७ का दिन मृत्यु भएको हो । ५ बर्ष अगाडी मात्र अमेरिका पुगेका लम्सालका उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो । उनी अमेरिकाको न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा...

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले आज नेपालमा मनसुनी वायुको प्रभाव रहेको र हाल देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाँकी प्रदेशका एक/दुई स्थानहरुमा हल्का वर्षा भैरहेको जनाएको...

कोरोनाका कारण एकै परिवारका तीन जनाको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट १५ दिनको अवधिमा एकै परिवारका तीन जनाको मृत्यु भएको वडाध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । सङ्क्रमणका कारण १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, ७ दिनअघि ३८ वर्षीय हेमराज...

सिन्धुपाल्चोकमा फेरी बाढी, १२ घर बगे

सिन्धुपाल्चोक । अविरल वर्षातका कारण सिन्धुपाल्चोकमा फेरी बाढी आएको छ । शनिबार बेलुकी हेलम्बु हुँदै उर्लिएर आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरको तटीय क्षेत्रमा थप क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार बेलुकी साढे नौ बजे आएको बाढीले...

बागमती सरकार : २ वर्षमा २ सय ६ किलोमिटर नयाँ सडक निर्माण

मकवानपुर । बागमती प्रदेश सरकारले २ वर्षको अवधिमा २ सय ६ किलोमिटर नयाँ सडक निर्माण गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात पूर्वाधार निर्देशनालगले सडकको पहुँच नपुगेका गाउँमा २ सय ६ किलोमिटर नयाँ सडक निर्माण गरेको हो । कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा ६६ किलोमिटर...