लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १०:२१

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सुचना जारी गर्दै आजदेखि २० हजार २४८ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको छ ।

शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र सम्बन्धी विवरण खुला बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी दिन आग्रह गरेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापकहरुबाट खरीदको लागि लिखित जानकारी प्राप्त नभएमा प्रचलित कानून बमोजिम उक्त शेयर लिलामी विक्री प्रक्रियाबाट विक्री गरिने जनाएको छ ।