आइतबार ५६ अंकले बढ्यो नेप्से
काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार । यसदिन शेयर बजार परिसूचक (नेप्से) ५६ अंकले बढेको छ ।
आज बजार उच्च अंकले बढ्दा परिसूचक २ हजार ६५३ दशमलव ५८ बिन्दुमा उक्लिएको छ ।
यस्तै, आज २१९ कम्पनीको शेयर मूल्य बढेको छ । २३ कम्पनीको घट्दा २ कम्पनीको भने मूल्य स्थिर नै छ ।
यसदिन कुल १ करोड ५० लाख ४६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ भने समग्रमा ६ अर्ब १३ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।