समाचार
हेटौँडामा मानव बेचविखन सम्बन्धी अन्तरक्रिया
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडामा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम भएको छ । आइतबार महिला कानुन र विकास विकास मञ्चको आयोजनामा अन्तरक्रिया भएको हो । कार्यक्रममा वर्तमान समयमा मानव बेचविखन तथा ओसारपसारसम्बन्धी उपयुक्त ऐन, घरेलु हिंसा र पुनस्थापना विषयमा अधिवक्ता संविन श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका...
पहिरोका कारण भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ धोर्सिङस्थित सडकखण्डमा गएराति गएको पहिरोका कारण यातायात सेवा पूर्ण रुपमा अवरुद्ध भएको छ । सोही सडकखण्डको अन्य ५ स्थानमा पनि सानो तथा ठूलो पहिरो गएको कारणले सवारी साधनहरु भैसे देखि पान्द्राङसम्म लाइनबद्ध भएर प्रतिक्षामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार...
बढ्दो लागूऔषध ओसारपसार : प्रदेशभर मकवानपुर नै अग्रपङ्तीमा
मकवानपुर । मकवानपुर जिल्ला लागुऔषध ओसारपसारमा अन्य जिल्लाभन्दा निकै चलायमान देखिन्छ । यो वर्षेनी हुँदै आईरहेको अपराधिक घटना हो। यस अपराधिक क्रियाकलापलाई कोरोनाले समेत रोकेन् । झन् निषेधाज्ञा बिच लागुऔषध ओसार पसारको निकै चलायमान भएको प्रहरीको तथ्याङले देखाउँछ। त्यस्ता अपराधिक क्रियाकलापका व्यक्तिको पेशा नै त्यही भएका कारण जुनसुकै अवस्थामा...
बकैयामा विभिन्न पार्टी परित्याग गरी ९२ जना एमाले प्रवेश
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी ९२ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बकैयाको वडा नम्वर १ धिँयालमा भएको एक कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न पार्टी परित्याग गरी ९२ जना एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई प्रतिनिधिसभा...
दार्चुला घटना छानबिन गर्न गृह मन्त्रालयद्वारा समिति गठन
काठमाडौं । गृह मन्त्रालयले तुइन काटेर नेपाली नागरिकको हत्या गरिएको भन्ने सन्दर्भमा छानबिन गर्न समिति गठन गरेको छ । प्रवक्ता फणिन्द्रमणी पोखरेलका अनुसार दार्चुला घटनाको छानबिन गर्नका लागि सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरिएको हो । मन्त्रालयले गौतमको संयोजकत्वमा सुदूरपश्चिम प्रदेशका डीआईजी पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक...
एमाले बैठक : पार्टीलाई एकतावद्ध बनाउने निर्णय
काठमाडौं । नेकपा एमाले स्थायी समिितको आज बसेको बैठकले पार्टीलाई एकतावद्ध बनाउने निर्णय गरेको छ । आइतबार ललितपुस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी समति बैठकले उक्त निर्णय गरेको पार्टीका महासचिव इश्वर पोखरेलले जानकारी दिए । उनले जेठ २ लाई टाइमलाइन अनुसार नै एमालेलाई एकतावद्ध बनाएर लैजान सकिने र...
मकवानपुरमा थप ८८ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा आज ८८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १४५ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज ८९ जनाको पीसीआर परीक्षण गर्दा ७९ जनामा र ५६ जनाको एन्टीजेन परीक्षण गर्दा ९ जनामा...
भाषा परीक्षा पास गरेका नेपालीलाई कोरिया पठाउन निर्देशन
काठमाडौं । संसदीय समितिले कोरियाली भाषा परीक्षा पास गरेर अलपत्र परेका नेपाली नागरिकलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद राष्ट्रियसभा अन्तरगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको आईतबार सिंहदरवारमा बसेको बैठकले इपीएस पास भई बसेकाहरुलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको हो ।...
थप २५६८ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५६८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै देशभर हालसम्म कुल संक्रमितको संख्या ६ लाख...
युनियन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचीकृत
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) आज नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज...










