समाचार

मकवानपुरमा आज १०४ जनामा कोरोना पुष्टि, कहाँ कति ?

मकवानपुर । मकवानपुरमा आज १०४ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज १७४ जनाको आरटी–पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखा हेटौँडाले जनाएको छ । संक्रमण पुष्टि हुनेमा जिल्लामा भित्रका ९१ जना र जिल्ला बाहिरका १३ जना रहेका छन् । आज संक्रमण...

दार्चुला घटना : छानविन समितिको प्रतिवेदन अनुसार निर्णय लिने

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन अनुसार नै सरकारले आवश्यक निर्णय लिने बताएका छन् । गृहमन्त्री खाँणले सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सो कुरा बताएका हुन । उनले उक्त घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी...

लुम्बिनी प्रदेशः धारा १६८ को उपधारा २ बमोजिम सरकार गठन गर्न प्रदेश प्रमुख समक्ष निवेदन

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गर्न माग गर्दैै प्रदेश प्रमुख समक्ष निवेदन दिएको छ । सोमबार नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चासहितका दलले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष समक्ष सरकार गठन गर्न संयुक्त निवेदन...

अवरुद्ध भैसे–भीमफेदी सडकखण्डमा यातायात संचालन

मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज बिहानैदेखि अवरुद्ध उक्त सडकखण्डमा आज मध्याह्नदेखि यातायात संचालनमा ल्याएको प्रहरीले जनाएको छ । गएराति वर्षासँगै आएको पहिरोले भीमफेदीको धोर्सिङलगायत अन्य स्थानमा सडक अवरुद्ध हुँदा हेटौँडाबाट भीमफेदी...

बागमती प्रदेशः साढे ८ लाख भन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

मकवानपुर । बागमती प्रदेशका साढे ८ लाख भन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । प्रदेशका १३ वटै जिल्लाका ८ लाख ७१ हजार ९४ जनाले विभिन्न प्रकारका कोरोनाविरुद्धको खोप (जोन्सोन एण्ड जोन्सन, कोभिसिल्ड र भेरोसेल) को पुरा डोज लगाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाइले जानकारी दिए । उनका...

नेकपा माओवादीको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठक तयारी नपुगेकाले स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकाललेजानकारी दिए । आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुने चर्चा थियो । कांग्रेस, माओवादी, एमाले माधव...

आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने

काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि...

आज मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौं । आज सोमबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी र सुदुर पश्चिम प्रदेशका...

मकवानपुर प्रहरीद्वारा सात जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले बागमती गाउँपालिकाबाट चोरी भएको विद्युतीय पोलसहित सात जना पक्राउ परेका छन् । बागमती गाउँपालिका वडा नम्वर ४ झुरझुरेस्थित धरान चतरा सडकखण्डबाट २७ थान स्टिल ट्युबलर विद्युतीय पोलसहित सात जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा काभ्रेपलान्चोक मण्डन देवपुर नगरपालिका वडा नम्वर १ बस्ने...

माओवादी केन्द्रको बैठक बस्दै, मन्त्री छान्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सोमबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । आजको बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुने बताइएको छ । कांग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका...