सुनको भाउ तोलामा ५ सय रुपैयाँ घट्यो

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १२:५३

काठमाडौं । आइतबार सुनको भाउमा गिरावट आएको छ ।

सुनको भाउ तोलामा पाँच सय रुपैयाँले घटेको हो । शुक्रबार ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार ९२ हजार चार सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी चाँदीको प्रतितोला मूल्य पनि ९२ हजार ४ सय रुपैयाँबाट घटेर ९१ हजार ९ सय रुपैयाँ कारोबार भएको छ ।