समाचार

लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । मुख्यमन्त्री विरुद्ध ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविस्वासको प्रताव दर्ता गरिएको हो ।...

निर्वाचन आयोगद्वारा ४१ वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार, अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको...

झण्डै ४० लाख जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । चेक बाउन्सको मुद्दामा झण्डै ४० लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ३ पन्चकन्या मार्गका ६२ वर्षीय ठाकुरप्रताप थापा रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले मंगलबार चक्रपथबाट पक्राउ गरेको हो । आफ्नो खातामा पर्याप्त...

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलिदेखि बिक्रिमा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयर (आइपीओ) निष्काशन भोलिदेखि बिक्री खुल्ला हुने भएको छ । कम्पनीले भोलि साउन २० गतेदेखि रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत...

सत्तारुढ गठबन्धनको कार्यदल बैठक साँझ पुनः बस्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ पुनः बस्ने भएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठक साँझ पुनः बस्ने गरी सकिएको हो । बिहान बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार...

मंगलबार सुनको मूल्य स्थिर

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ...

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–३ बासुदेवमा पश्चिमबाट पूर्वतर्फ गइरहेको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–१५ का ४१ वर्षीय लालबहादुर चौधरी रहेका छन्। जिल्ला...

डा. जागेश्वर गौतमको सरुवा रोक्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार तीन जना स्वास्थ्य पदाधिकारीहरुको सरुवा रोक्न निर्देशन दिएका छन् । सोमबार वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम, डा. विवेकलाल कर्णलगायत तीनजना सहचिवहरुको सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएको स्वास्थ्य मन्त्रालय स्रोतले जानकारी दियो...

कांग्रेसको पौडेल पक्षको छुट्टै बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । बैठकमा क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशन र सरकारका विषयमा छलफल हुने जनाइएको छ । बैठक दिउँसो २ बजेपछि नेता प्रकाशमान सिंहको निवास ठमेलमा बस्ने तय भएको छ । कांग्रेसमा क्रियाशील सदस्यताको विवादका कारण आगामी भदौमा तय भएको १४ औं...

प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं । प्रतिनिधिसभाको आठौँ अधिवेशनको छैठौं बैठक सुरु भएको छ । सभामुख अग्नि सापकोटाले बैठक अघि बढाएका छन् । बैठकमा दुईवटा कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ । बैठकमा पहिलो कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक वर्ष २०७६/०७७ को मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने रहेको छ । यस्तै,...