समाचार
माधव नेपाल पक्षको केन्द्रीय सदस्यको बैठक सर्यो
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बुधबार बस्ने भनिएको केन्द्रीय सदस्यको बैठक सरेको छ । बैठक बिहिबारको लागि सरेको हो । उपत्यका बाहिरबाट आउन नेताहरुलाई समय लाग्ने भएकाले बैठक बस्ने मिति सरेको नेता गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार, बुधबारको साटो बिहीबार बिहान ११...
बाल यौन दुरुपयोग मुद्दाका फरार भुजेल पक्राउ
काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा ६ महिना कैद र १० हजार जरीवाना सजाय तोकिएर फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापस्थित मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका २३ वर्षीय सुरज भुजेल रहेका छन् ।...
सडक उद्घाटनको लागि मुख्यमन्त्री पौडेल रामेछाप प्रस्थान
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आज बिहानै प्रदेशको रामेछाप जिल्लामा प्रस्थान गरेका छन् । मुख्यमन्त्री पौडेल रामेछापको सदरमुकामसँग जोडिएको कालोपत्रे सडकको उद्घाट गर्न बिहानै त्यसतर्फ प्रस्थान गरेको प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्रीका स्वकीय सचिवालयले जनाएको छ । सचिवालयका अनुसार, उक्त सडकको उद्घाटन गर्नको लागि मुख्यमन्त्री पौडेलसँगै भौतिक...
अमेरिकामा दुई नेपालीको मृत्यु
अमेरिका । अमेरिकामा एक हप्तामा दुई नेपाली युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा २८ वर्षीय विपिन लम्साल र २२ वर्षीय सृजन कुँवर रहेका छन् । दुवै युवा अचानक बेहोस भएपछि उपचारका लागि अस्पताल पुर्याइएको थियो । नेपाली युवा लम्सालको गत जुलाई २७ तारिख मङ्गलबार अमेरिकाको न्युयोर्कमा मृतयु भएको...
आजको मौसमः मेघगर्जनसहित भारी वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी वायुका कारण देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार, आज देशभर सामान्यदेखि पूर्ण...
नारायणी कलेजद्वारा शिक्षण कार्य प्रभावकारी बनाउन आधुनिक टेक्नोलोजीको प्रयोग
मकवानपुर । हेटौंडाको तुल्सीमेहर मेमोरियल स्कुल तथा नारायणी कलेजले आधुनिक टेक्नोलोजीको प्रयोग गर्दै शिक्षण कार्य संचालन गर्ने जनाएको छ । शैक्षिक जगतमा नयाँ आयाम ल्याउन परम्परागत शिक्षण प्रणालीलाई केही रुपान्तरण गर्दै आधुनिक टेक्नालोजीको प्रयोग गरी विद्यार्थीको सिकाईमा जोड दिइने गरी शिक्षण कार्य संचालन गर्न लागिएको संचालक मध्येका एक किशन...
सत्ता गठबन्धनको कार्यदल बैठक बस्दै
काठमाडौं । आज बुधबार सत्ता गठबन्धनको कार्यदल बैठक बस्दैछ । सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने प्रयासमा जुटेको सत्ता पक्षीय कार्यदलको बैठक आज बिहान बालुवाटारमा बस्ने भएको हो । यसअघि मंगलबार बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन । कांग्रेस,...
शुक्रबारसम्म मन्त्रीमण्डलले पूर्णता पाउने
काठमाडौं । मन्त्रालयको संख्या र विषयमा कुरा मिल्न नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार गठन भएको तीन साता वितिसक्दासमेत मन्त्रीमण्डललाई पूर्णता दिन सकेका छैनन् । सत्ता गठबन्धनका नेताहरुबीच कुन–कुन मन्त्रालय लिने भन्नेमा सहमति बन्न दनसक्दा मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको हो । सत्ता साझेदार दल जनता समाजवादी पार्टीका नेता महेन्द्रराय यादवले...
दीगो विकासका लागि सबैको सहयोग आवश्यक – मन्त्री फुयाल
मकवानपुर । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयालले प्रदेशमा दीगो विकासका लागि सबैको सहयोग आवश्यक रहेको बताएका छन् । उनले राजनीतिक दल, नागरिक समाज, निर्माण व्यवसायी, पत्रकार जगत र आम नागरिकको सहयोग भएमात्रै सरकारले गर्न लागेको योजनाले पूर्णता पाउने र दीगो विकास हुने बताए । बागमती प्रदेश भौतिक...
हेटौंडा–१५ मा निःशुल्क फुटबल प्रशिक्षण शुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा रहेको श्री शक्तीश्वरी युवा क्लबले निःशुल्क फुटबल प्रशिक्षण शुरु गरेको छ । क्लबले मंगलबार एक कार्यक्रम आयोजना गरी निःशुल्क फुटबल प्रशिक्षण शुरु गरेको हो । क्लबले सोही वडाको कमानेभोर्लेस्थित रहेको आफ्नै खेलकुद मैदानमा १० देखी २२ बर्ष उमेर समूहका ५० जना खेलाडीलाई...










