माधव नेपाल पक्षको केन्द्रीय सदस्यको बैठक सर्यो
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको बुधबार बस्ने भनिएको केन्द्रीय सदस्यको बैठक सरेको छ । बैठक बिहिबारको लागि सरेको हो ।
उपत्यका बाहिरबाट आउन नेताहरुलाई समय लाग्ने भएकाले बैठक बस्ने मिति सरेको नेता गंगालाल तुलाधरले जानकारी दिए ।
उनका अनुसार, बुधबारको साटो बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक बस्नेछ ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न बैठक बोलाइएको नेताहरुले बताएका छन् ।
