बाल यौन दुरुपयोग मुद्दाका फरार भुजेल पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार ०९:५१

काठमाडौं । बाल यौन दुरूपयोग मुद्दामा फरार अभियुक्तलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा ६ महिना कैद र १० हजार जरीवाना सजाय तोकिएर फरार रहेको एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रामेछापस्थित मन्थली नगरपालिका वडा नम्बर १२ गेलुका २३ वर्षीय सुरज भुजेल रहेका छन् । मिति २०७७ फागुन १२ मा जिल्ला अदालत रामेछापबाट फैसला भए पनि फरार रहेका उनलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको हो ।

उनीमाथि १७ वर्षीय बालिकालाई बाल यौन दुरूपयोग गरेको आरोप थियो ।

पक्राउ परेका उनलाई आज नै अदालत पेश गरिने जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।