समाचार

मकवानपुरमा थप १०५ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडामा

मकवानपुर । मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थय कार्यालयका अनुसार, आज १७३ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा र ५९ जनाको एन्टीजेन परीक्षण गर्दा...

बागमती प्रदेशमा जलस्रोत, सिचाई तथा तटबन्धतर्फ टुक्रे योजना धेरै

मकवानपुर । बागमती प्रदेशमा जलस्रोत, सिचाई तथा तटबन्धको क्षेत्रमा टुक्रे योजना धेरै भएकोले गुणस्तरीय र लक्ष्यअनुसारको नतिजा हात पार्न नसकिएको जलस्रोत तथा उर्जा विकास महाशाखा हेटौंडाले जनाएको छ । भौतिक पुर्वाधार विकास मन्त्रालय बागतमी प्रदेशले मंगलबार हेटौंडामा आयोजना गरेको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रगति समिक्षा कार्यक्रममा महाशाखाका प्रमुख...

१२७ किलो गाँजासहित ३ जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले १२७ किलो लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको बैशाल बस्ने ३८ वर्षीय रामराज सहनी, भारतको समस्तिपुर बस्ने १८ वर्षीय राहुल कुमार सहनी र पर्साको बिरगंज महानगरपालिका वडा नम्वर ९ चुर्नी बस्ने ३० वर्षीय रियाजुल अंसारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...

लागूऔषधसहित हेटौँडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अबैध लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बाराको निजगढ नगरपालिका वडा नम्वर १३ बस्ने १९ वर्षीय सुवास गोले र सोही ठाउँ बस्ने १९ वर्षीय सरोज थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई हेटौँडा उपमहानगरपालिका वडा नम्वर १० स्थित गण्डकी...

‘संसद विघटन हुनुमा ओली मात्र जिम्मेवार होइनन्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संसद विघटन हुनुमा तत्कालिन प्रधानमन्त्री केपी ओली मात्र जिम्मेवार नभएको बताएका छन् । प्रवक्ता श्रेष्ठले बुधबार राष्ट्रियसभाको विशेष समयमा बोल्दै संसद विघटन हुनुमा तत्कालिन प्रधानमन्त्री ओली मात्रै नभई एक वा अर्को रुकमा त्यस अगाडिको सरकार र नेताहरु पनि जिम्मेवार रहेका बताएका...

कांग्रेस शीर्ष नेताहरुको बैठक बुढानिलकण्ठमा बस्दै

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक दिउँसो सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने गरी तय भएको छ । बैठकमा क्रियाशील सदस्यता विवादबारे छलफल हुने बताइएको छ । बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल...

बुधबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मुल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार र तेजावी ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार...

सानिमा लाइफको आइपीओ कति कित्ता भर्ने ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर आइपीओ निष्काशन खुला गरेको छ । रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ कम्पनीले निष्काशन तथा विक्री गर्न लागेको हो । ६० लाख कित्तामध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख...

सानिमा लाइफको आइपीओ आजदेखि बिक्रीमा

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुल्ला गरेको छ । कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात...

आगामी साउन २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो डोज लगाइने

काठमाडौं । पहिलो डोज भेरोसेल खोप लगाइसकेका नागरिकले दोस्रो डोज आगामी साउन २२ गतेदेखि खोप लगाउन पाउने भएका छन्। गत असार २९ मा पहिलो डोज खोप लगाएकाले दोस्रो डोज खोप लगाउन पाउने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दोस्रो डोज खोप...