समाचार
बागमती प्रदेशमा कोरोना नियन्त्रणका लागि ३४ करोड खर्च
मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत् ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले साढे ३३ करोड रुपैयाँ खर्च गरेको थियो...
मकवानपुरको बागमतीमा सामुायिक आँखा केन्द्र संचालन हुँदै
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकामा सामुदायिक आँखा केन्द्र सचालन हुने भएको छ । आँखा केन्द्र संचालनको लागि बुधवार बागमती गाउँपालिका र तिलगंगा हेटौंडा सामुदायिक आँखा अस्पताल बीच सम्झौता भएको हो । सम्झौता पत्रमा गाउँपालिकाले दुई जना स्वास्थ्यकर्मीको लागि पारिश्रमिक बापतको रकम वार्षिकरूपमा अनुदानस्वरूप उपलब्ध गराउनु पर्ने, केन्द्रको संचालन स्थान...
वीरगंजबाट पक्राउ परे हेटौंडाका तामाङ
पर्सा । हेटौँडाका डनिएल तामाङ पर्साको बीरगंज उपमहानगरपालिका वडा नम्वर १६ शंकराचार्य गेटबाट पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने तामाङ अवैध लागूऔषधसहित पक्राउ परेका हुन् । उनलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो । प्रहरीले उनीसँगै...
साउन २३ गतेदेखि ‘नेपाल मास्क अभियान’ सञ्चालन हुने
काठमाडौं । सरकारले आगामी साउन २३ गतेदेखि २९ गतेसम्म ‘नेपाल मास्क अभियान’ सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने तरीकालाई व्यवस्थित बनाउनका लागि उक्त अभियान संचालन गर्न लागिएको जानकारी दिए । उनले ‘म पनि मास्क लगाउँछु र...
अनेरास्ववियु भीमफेदीद्वारा कक्षा १२ को विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउन माग
मकवानपुर । नेकपा एमाले भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को भीमफेदी कमिटीले गाउँपालिकासँग सबै विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाउन माग गरेको छ । अनेरास्ववियु भीमफेदीले आज गाउँपालिकाको अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई पत्रसहित आगामी साउन २४ गतेबाट भौतिक उपस्थितिमा हुने कक्षा १२ को...
दश बर्षदेखि अलपत्र बागमती पुल, जोखिम मोलेरै खोला तर्छन् स्थानीय
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर–४ र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नम्वर–३ जोड्ने बागमती खोलाको पुल निर्माणको कामले पूर्णता नपाउँदा स्थानीयहरु समस्यामा परेका छन् । पक्की पुल बन्ला अनि सहज होला, भन्ने आशामा बर्षौँ बिताएका स्थानीयवासी अहिले पनि उर्र्लिएको बागमती तर्नका लागि जोखिम मोल्न बाध्य छन् । दश...
आज नेप्से परिसूचक १२ अंकले बढ्यो
काठमाडौं । आज साताको चौथो दिन बुधबार मंगलबारको तुलनामा नेप्से परिसूचक १२ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार, आज नेप्से परिसूचक १२ अंकले बढेर ३ हजार १२३ दशमलव १५ विन्दुमा कायम भएको छ । यसअघि अघिल्लो दिन ३ हजार १११ दशमलव ९ विन्दुमा पुगेको नेप्से आज...
पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थय मन्त्रालयका अनुसार, ११ हजार ३५४...
सवारी दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते
काठमाडौं । सुनसरीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० वर्षीया मिरादेवी साह रहेको जिल्ला प्रहरी कार्यालय धरानले जनाएको छ । बुधबार बिहान धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडिबाट आइरहेको को १ ख ५४३० नम्बरको...
मकवानपुरमा आज ५१ जना भए कोरोनामुक्त
मकवानपुर । मकवानपुरमा आज ५१ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशत तथा संस्थागत आइसोलेशनमा रहेका ५१ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज होमआइसोलेशनमा रहेका ४६ जना र संस्थागत आइसोलेशनमा रहेका ५ जना गरी...










