पछिल्लो २४ घण्टामा ४१०७ जनामा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १६:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थय मन्त्रालयका अनुसार, ११ हजार ३५४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ र ४ हजार ९४४ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म झन्डै ४० लाख जनामा कोरोना परीक्षण भएकामा ७ लाख ६७ हजार ९२२ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ६ लाख ६१ हजार ६५१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै हालसम्म मृतकको कुल संख्या ९ हजार ९५७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ९ हजार ९५७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ जना पुगेको छ ।

देशभर ३७५ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।