बागमती प्रदेशमा कोरोना नियन्त्रणका लागि ३४ करोड खर्च
मकवानपुर । बागमती प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर नियन्त्रणका लागि प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय मार्फत् ३३ करोड ४५ लाख ५० हजार रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक वर्ष २०७७/०७८ मा कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले साढे ३३ करोड रुपैयाँ खर्च गरेको थियो । आन्तरिक मामिला तथा कानून मन्त्रालयलयले प्रदेशको सामाजिक विकास मन्त्रालय मार्फत २१ करोड ७० लाख ५० हजार रुपैयाँ प्रदेशका स्वास्थ्य कार्यालयहरुलाई उपलब्ध गराइएको आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता नारायणप्रसाद पोखेलले जानकराी दिए
त्यसैगरी मन्त्रालयले विभिन्न स्थानीय तहहरुका लागि ११ करोड ११ लाख रुपैयाँ उपलब्ध गराइएको उनले जानकारी गराए । त्यसैगरी जिल्ला विपद् व्यावस्थापन समितिहरुका लागि ६४ लाख रुपैयाँ उपलब्ध गराइएको उनले बताए।
कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले स्थानीय तह र प्रदशका विभिन्न जिल्लाका कार्यालयहरु मार्फत् काम गर्दै आएको थियो । चालु आर्थिक वर्षमा पनि कोरोना खोपका लागि बागमती प्रदेश सरकारले २ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
