वीरगंजबाट पक्राउ परे हेटौंडाका तामाङ
पर्सा । हेटौँडाका डनिएल तामाङ पर्साको बीरगंज उपमहानगरपालिका वडा नम्वर १६ शंकराचार्य गेटबाट पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङ बस्ने तामाङ अवैध लागूऔषधसहित पक्राउ परेका हुन् ।
उनलाई लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान पक्राउ गरेको हो ।
प्रहरीले उनीसँगै अर्का एक जनालाई पनि पक्राउ गरेको छ । प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्वर ४ सितापाईला भिमढुङ्गा बस्ने ३२ वर्षीय बिमल श्रेष्ठ पक्राउ गरेको हो ।
बिहान ना ४१ प ६८४४ नम्बरको स्कुटरलाई रोकी चेकजाँच गर्दा स्कुटरमा चालक श्रेष्ठ र सवार तामाङको साथबाट नियन्त्रित लागूऔषध फेनारगन ३० पिस, डाइजेल्याव ३० पिस र नुफिन ३० पिस बरामद भएपछि निजहरुलाई पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
