आगामी साउन २२ गतेदेखि देशभर भेरोसेल खोपको दोस्रो डोज लगाइने
काठमाडौं । पहिलो डोज भेरोसेल खोप लगाइसकेका नागरिकले दोस्रो डोज आगामी साउन २२ गतेदेखि खोप लगाउन पाउने भएका छन्।
गत असार २९ मा पहिलो डोज खोप लगाएकाले दोस्रो डोज खोप लगाउन पाउने भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, ५५ वर्ष वा सोभन्दा माथिका व्यक्तिले दोस्रो डोज खोप देशैभरबाट लगाउन पाउने छन् ।
पहिलो मात्राको खोप पाएको २१ दिन पुगेपछि दोस्रो मात्राको खोप लगाउन पाइने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ।
यस्तै विदेश जानेहरूले कीर्तिपुरस्थित राष्ट्रिय आर्युवेदिक अनुसन्धान तथा तालिम केन्द्रबाट क्विआर कोडसहित खोप लगाउने व्यवस्था गरिएको विभागले जानकारी दिएको छ।
