मकवानपुरमा थप १०५ जनामा कोरोना पुष्टि, सबैभन्दा धेरै हेटौंडामा
मकवानपुर । मकवानपुरमा बुधबार थप १०५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । आज २३२ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थय कार्यालयका अनुसार, आज १७३ जनाको पीसीआर परीक्षण गर्दा ९६ जनामा र ५९ जनाको एन्टीजेन परीक्षण गर्दा १३ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, संक्रमण पुष्टि हुनेमा थाहानगरपालिकाका ४ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका ४ जना र भीमफेदी गाउँपालिकाका ४ जना रहेका छन् । आजको कोरोना संक्रमित दर ४५ प्रतिशत रहेको छ ।
यससँगै जिल्लामा कोरोना संक्रमितको कूल संख्या १३ हजार ६ सय ८९ जना पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
त्यस्तै, आज जिल्लामा ५१ जनामा कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ५१ जना आज संक्रमणमुक्र भएका हुन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार ३ सय ९५ जना पुगेको छ ।
यसरैगरी जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण १४५ जनाको निधन भएको छ ।
