हेटौंडा–१५ मा निःशुल्क फुटबल प्रशिक्षण शुरु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ मा रहेको श्री शक्तीश्वरी युवा क्लबले निःशुल्क फुटबल प्रशिक्षण शुरु गरेको छ । क्लबले मंगलबार एक कार्यक्रम आयोजना गरी निःशुल्क फुटबल प्रशिक्षण शुरु गरेको हो ।
क्लबले सोही वडाको कमानेभोर्लेस्थित रहेको आफ्नै खेलकुद मैदानमा १० देखी २२ बर्ष उमेर समूहका ५० जना खेलाडीलाई मंगलबारबाट नियमित प्रशिक्षण शुरु गरेको क्लबका अध्यक्ष एस.के. लामा स्याङ्तानले जानकारी दिए ।
फुटबल खेलको विकास, प्रवर्द्धन र खेलाडी उत्पादन गर्ने लक्ष्यसहित प्रशिक्षण दिन शुरु गरिएको स्याङ्तानले बताए । निषेधाज्ञाका कारण विद्यालयमा बढ्दै गरेको बालबालिका तथा युवाहरुलाई खेलकुदमा आर्कषण गराउँदा कुलतबाट समेत जोगाउन सकिने उनको भनाई रहेको छ ।
रिद्धसिद्धी ढुवानी व्यवस्थापन समितिको सहयोगमा हेटौंडा फुटबल एकेडेमीका प्रशिक्षक भिम लामाले नियमित तीन घण्टा प्रशिक्षण दिने क्लबले जनाएको छ ।
क्लबका अध्यक्ष एस.के. लामा स्याङ्तानको अध्यक्षमा भएको कार्यक्रममा हेटौंडा–१५ का वडाध्यक्ष महारत्न लामाको प्रमुख आतिथ्यता रहेको थियो ।
कायक्रममा खुशी टोल विकास समितीका अध्यक्ष भेष बहादुर स्याङ्तान, समृद्धी टोल विकास समितिका अध्यक्ष गणेश वाईबा, सोही टोल विकासका उपाध्यक्ष उमेश स्याङ्बो, शक्तीश्वरी युवा क्लबका सचिव आईत सिं लामा, रिद्धसिद्धी सिमेन्ट उद्योग सहयोग तथा सरोकार समितिको अध्यक्ष गणेश भोलोन, रिद्धिसिद्धि ढुवानी सेवाको सचिव दिपक स्याङ्बो, कोषध्यक्ष कुमार सिं वाईवा, सदस्या गोपाल स्याङ्तान, कुमार लो लगायतको उपस्थिती रहेको थियो ।
