लुम्बिनी प्रदेश : मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

तु खबर संवाददाता
२०७८ श्रावण १९, मंगलवार १६:०२
file-photo

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदहरुले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

मुख्यमन्त्री विरुद्ध ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविस्वासको प्रताव दर्ता गरिएको हो । सो प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ ।