सत्तारुढ गठबन्धनको कार्यदल बैठक साँझ पुनः बस्ने

तु खबर संवाददाता
२०७८ श्रावण १९,मंगलवार १५:०१

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलको बैठक साँझ पुनः बस्ने भएको छ । मंगलबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलको बैठक साँझ पुनः बस्ने गरी सकिएको हो ।

बिहान बसेको बैठकमा गठबन्धन सरकारको साझा कार्यक्रमको मस्यौदामाथि छलफल भएको थियो । कार्यदलका सदस्यसचिव केशव जोशीका अनुसार सरकारको न्यूनतम साझा कार्यक्रम मंगलबार नै टुंगो लगाउने तयारी छ ।

कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएपछि सार्वजनिक गरिने एक सदस्यले बताए । कार्यदलको प्रतिवेदनपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने कांग्रेस महामन्त्री एवं कार्यदलका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिए ।