समाचार

आजदेखि रातिको समयमा सवारी साधन संचालन गर्न नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन संचालन गर्न नपाइने भएको छ । कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको जोखिमलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकामा आज बिहिबारदेखि लागू हुने गरी रातिको समयमा सवारीसाधन संचालन गर्न नपाइने भएको हो । उपत्यकामा निषेधाज्ञालाई कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा...

महाधिवेशनबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक दिउँसो बुढानीलकण्ठमा बस्ने भएको हो । उक्त बैठकमा पार्ठीको १४ औं महाधिवेशनको नयाँ कार्यतालिका र निर्वाचन निर्देशिकाबारे छलफल गर्ने कार्यसूची छ । भदौ १६–१९ सम्मका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका ल्याउनेबारे कांग्रेसभित्र छलफल भइरहेको छ...

आज मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको पूर्वानुमानमा प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानहरुमा भने मेघगर्जन र चट्याङ्गसहित भारी वर्षा हुन सक्ने उल्लेख गरेको छ...

मकवानपुरमा ५ हजार बढीले लगाए कोभिसिल्डको दोस्रो डोज खोप

मकवानपुर । मकवानपुरमा कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई बुधबारबाट दोस्रो डोजको रुपमा एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको हो । मकवानपुरको दुई वटा पालिकाले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो...

बागमती प्रदेश युवा परिषद्को कार्यालय उद्घाटन, साताव्यापी कार्यक्रम सुरु

मकवानपुर । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारी बागमती प्रदेश युवा परिषद्को हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरस्थित कार्यालय उद्घाटन गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कार्यालयको रिवन काटेर उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतितिसमेत रहेका मुख्यमन्त्री पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश युवा परिषद्ले युवाको हितका लागि...

बागमती प्रदेशमा कोरोनाका कारण एकैदिन ११ जनाको मृत्यु

मकवानपुर । बागमती प्रदेशमा कोरोना संक्रमणका कारण एकैदिन ११ जनाको मृत्यु भएको छ । प्रदेशमा संक्रमणका कारण बुधबार एकैदिन ११ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । जसमा ४ जना महिला र ७ जना पुरुष रहेका छन् । मन्त्रालयका अनुसार संक्रमणका कारण मृत्यु हुनेमा सबैभन्दा बढी...

बलात्कारपछि हत्या भएको मकवानपुरकी रुविनाको परिवारलाई सहयोग

मकवानपुर । बलात्कारपछि हत्या भएकी मकवानपुरकी ४ वर्षीया बालिका रुविना पाख्रिनको परिवारलाई आर्थिक रकम तथा खाद्यान्न सहयोग गरिएको छ । आर्थिक रुपमा विपन्न रहेको स्वर्गीय रुविना परिवारलाई सहयोगीहरुबाट प्राप्त नगद ३१ हजार ५० रुपैंया र खाद्यान्न सहयोग गरिएको हो । जसमध्ये जगत टिभीबाट संकलित २१ हजार ५० रुपैंया र...

मकवानपुरमा सवारी दुर्घटना बढ्दो : एक वर्षमा २४० दुर्घटना, ६० को मृत्यु

मकवानपुर । मकवानपुरमा सवारी दुर्घटनामा परी वर्षेनी दर्जनौं मानिसको मृत्यु हुने गरेको छ । ४ वर्षको सवारी दुर्घटना हेर्दा सबैभन्दा धेरै सवारी दुर्घटनाको घटना गत आर्थिक बर्ष २०७६/०७७ मा भएको जिल्ला ट्राफिक कार्यालय मकवानपुरले जनाएको छ । आर्थिक बर्ष २०७४/०७५ मा ६८ वटा सवारीसाधनहरु दुर्घटना हुँदा पुरुष ४३, महिला...

हेटौंडा उपमहानगरपालिकाको कृषि अनुदानमा साढे २ करोड खर्च

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानका लागि एक वर्षको अवधिमा महत्वपूर्ण काम भएको छ । नगर क्षेत्रमा गत आर्थिक वर्ष २०७७/०७८ मा कुल २ करोड ३० लाख ५२ हजार रुपैयाँ कृषि क्षेत्रमा मात्र खर्च गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए । कृषि क्षेत्रमा विभिन्न प्रविधिको अनुदानसंगै बिउ...

श्रीमतीको हत्या गरेको आरोपमा हेटौंडाका श्रेष्ठ पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्वर ८ स्थित गुहेश्वरीबाट प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बुधबार बिहान आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ घर भई हाल काठमाडौं महानगरपालिका–८ स्थित गुहेश्वरी बस्ने ३९ वर्षीय राम श्रेष्ठलाई पक्राउ गरेको हो...