आजदेखि रातिको समयमा सवारी साधन संचालन गर्न नपाइने
काठमाडौं । काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन संचालन गर्न नपाइने भएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) संक्रमितको जोखिमलाई मध्येनजर गर्दै काठमाडौं उपत्यकामा आज बिहिबारदेखि लागू हुने गरी रातिको समयमा सवारीसाधन संचालन गर्न नपाइने भएको हो ।
उपत्यकामा निषेधाज्ञालाई कडा बनाएर राति ८ बजेपछि सार्वजनिक तथा निजी तथा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो । उक्त नियम आगामी भदौ ८ गतेसम्म लागू हुनेछ ।
काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको निर्णय अनुसार रातको समयमा अत्यावश्यकबाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन । निर्माण सामग्री ढुवानीका लागि भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन गर्न भनिएको छ ।
