समाचार
असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने बताएका छन् । श्रेष्ठले बिहीबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै नेपालका लागि कुल ५ करोड ५० लाख खोपको आवश्यकता पर्ने बताउँदै असोजसम्म १ करोड ८ लाख खोप नेपाल आइपुग्ने बताएका हुन् । उनले...
बुढानीलकण्ठमा काँग्रेस केन्द्रीय समिति बैठक सुरु
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक ढिला सुरु भएको हो । बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको प्रतिवेदन पेश गरेका छन् । यस्तै काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले महाधिवेशनका लागि...
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । माओवादी केन्द्र संसदीय दलका नेता केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले बिहिबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा यसअघि एमाले नेता शंकर पोखरेल थिए । उनले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा...
मकवानपुरमा आज थप १०४ जना कोरोना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा आज थप १०४ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका १०४ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जनस्वास्थ्य कार्यालयका अनुसार, संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ७७ जना, थाहानगरपालिकाका १० जना, मकवानपुरगढी र बागमती...
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
सुनसरी। सुनसरीको कोशी गाउँपालिका– ४ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आज बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै...
बागमती प्रदेश तरुण विभाग सह–संयोजकमा घिमिरे मनोनित
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता तथा मकवानपुर काठमाण्डौँ सम्पर्क समितिका उपाध्यक्ष तेज प्रसाद घिमिरे तरुण विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित भएका छन् । नेपाल तरुण विभागको केन्द्रीय निर्णय अनुसार उनलाई विभागको बागमती प्रदेश सह–संयोजकमा मनोनित गरिएको हो । मकवानपुर जिल्ला स्थायी घर भएका घिमिरेलाई पूर्वमन्त्री एवम् तरुण विभागका...
बिहिबार सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ । भाउ बढेसँगै बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८८ हजार...
अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्न सरकारसँग माग
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् । बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका हुन् । उनले अफगानिस्तानमा रहेको नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न...
हेटौंडामा किस्ताबन्दीमा मोबाइल पाईने
मकवानपुर । हेटौंडामा संचालन रहेको सिलिकोण नेपाल प्रालीले किस्ताबन्दीमा मोबाइल दिने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित स्कुलरोडमा रहेको सिलिकोण नेपालले चार वटा ब्रान्डका मोबाइल किस्ताबन्दीमा दिने भएको हो । ग्राहकलाई २० हजारदेखि २ लाखसम्मको मोबाइलमा किस्ताबन्दीको सुविधा लागू गरेको सिलिकोन नेपालका सन्चालक छ्तेन्द्र आचार्यले जनकारी...
चट्याङ लागेर एक महिलाको मृत्यु
गुल्मी । गुल्मीको सिमाना क्षेत्रमा चट्याङ लागेर घाइते भएकी एक जना महिलाको मृत्यु भएको छ । मालिका गाउँपालिका–२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे पट्रटेल गम्भीर घाइते भएकी थिइन् । उनको आज (बिहीबार)...










