अफगानिस्तानबाट नेपालीहरुको उद्दार गर्न सरकारसँग माग

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १४:३८
file-photo

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानबाट नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका छन् ।

बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै अधिकारीले अफगानिस्तानमा भइरहेको द्वन्द्वका कारण त्यहाँ रहेका नेपालीहरुको उद्दार नगरे संसद चल्न नदिने चेतावनी दिएका हुन् ।

उनले अफगानिस्तानमा रहेको नेपालीहरुलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठकमा उनले भने– ‘सरकारले तुरुन्त अफगानिस्तानबाट त्यहाँ रहेका नेपालीलाई उद्धार गरेर ल्याउने काम गरोस् हैन भने यो सरकार नालायक छ भनेर संसदमा हामी भन्नेछौँ । त्यहाँका नेपालीलाई सरकारले फर्काएर नल्याएसम्म संसदमा हामी काम गर्न दिदैनौँ । उनीहरुलाई सुरक्षित रुपमा नेपाल अवतरण गराइयोस्, यही माग गर्दछु ।’