चट्याङ लागेर एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १०:०४
file-photo

गुल्मी । गुल्मीको सिमाना क्षेत्रमा चट्याङ लागेर घाइते भएकी एक जना महिलाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ पाटाखर्ककी २८ वर्षीया कमला पट्टेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बुधबार बेलुकी घरमै बसिरहेको बेला परेको चट्याङले लागे पट्रटेल गम्भीर घाइते भएकी थिइन् । उनको आज (बिहीबार) बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लगोर बुधबार नै गुल्मी जिल्लाको इस्मा गाउँपालिकाको वडा नम्बर–४ का विभिन्न स्थानमा पर्दा ११ वर्षका राहुल गन्धर्व मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । घाइते मध्ये तीन जनाको पाल्पामा उपचार भैरहेको छ । तीन जना उपचारपछि घर फर्किसकेका छन् ।