समाचार

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । बैठक आज शुक्रबार ३ बजे भएको हो । शनिबार सुरु हुने केन्द्रीय समिति बैठक अघि आज शुक्रबार स्थायी कमिटी बैठक बस्न लागेको हो । पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकका एजेण्डा तयार गर्ने नेताहरुले बताएका...

प्रतिनिधिसभाको बैठक साउन ३२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गतेसम्मको लागि स्थगित भएको छ । आज शुक्रबार बसेको बैठकमा शुन्य समयबाहेक विशेष समयमा बोल्ने कुनै कार्यक्रम नरहेकोले साउन ३२ गतेसम्मको लागि बैठक स्थगित गरेको सभामुख अग्नी सापकोटाले जानकारी दिए । उनका अनुसार, प्रतिनिधिसभाको बैठक आगामी साउन ३२ गते दिउँसो १ बजेसम्मका...

ओली पक्षकै सांसदद्वारा एमसीसी खारेज गर्न माग

काठमाडौं । नेकपा एमालेकी सांसद निरु पालले अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गरेकी छिन् । सांसद पालले शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै एमसीसीमा उल्लेखित प्रावधान राष्ट्रघाती रहेको भन्दै खारेजको माग गरेकी हुन् । सांसद पालले पार्टीभन्दा माथि देश र राष्ट्रिय स्वाधिनता माथि हुने बताउँदै एमसीसी जस्तो राष्ट्रघाती...

मकवानपुरका स्याङ्तान कलंकीबाट पक्राउ

काठमाडौं । काठमाडौंको कलंकी चोकस्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर बस्ने ४० वर्षीय कप्तान स्याङ्तान रहेका प्रहरीले जनाएको छ । उनलाई गएराति काठमाडौंको कलंकी चोकस्थित डियुटीमा खटिएका ट्राफिक प्रहरी हवल्दार नकुल गिरीलाई आर्थिक प्रलोभनमा...

एउटै महाशाखा अन्तर्गतको कार्यालयका ३० पद रिक्त

मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन आवास तथा शहरी विकास महाशाखाअन्तर्गतका कार्यालयमा ३७ दरबन्दी रिक्त रहेको छ। महाशाखाको स्वीकृत दरबन्दी एक सय १० रहेकोमा ७३ जनामात्र रहेको महाशाखा प्रमुख राजेशकुमार पौडेलले जानकारी दिए । महाशाखा प्रमुख पौडेलका अनुसार महाशाखाअन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरमा ४...

अफगानिस्तानको दोस्रो ठूलो सहर कब्जा गरेको तालिबानको दाबी

काठमाडौं । विद्रोही समूह तालिबानले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दाहारलाई कब्जा गरेको दाबी गरेको छ । यसलाई तालिबानको अहिलेसम्मकै ठूलो सफलता मानिएको छ । कुनै समय तालिबानको गढ मानिएको यो सहर व्यापारको हब रहेका कारण रणनीतिकरुपमा निकै महत्त्वपूर्ण मानिन्छ । बिहीबार अफगानिस्तानले थप सहरहरूमा आफ्नो प्रभुत्व कायम गर्न सफल...

राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक आज सार्वजनिक गर्ने तयारी गरेको हो । बैंकका अनुसार, आज सम्पन्न व्यवस्थापन समितिले मौद्रिक नीतिको आज सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । प्रत्येक आर्थिक वर्षको लागि केन्द्रीय...

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुर्घटनामा परी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको हो...

नागपञ्चमी पर्व घरघरमा नागको पूजा आराधना गरि मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदै छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।...

काँग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहीबारबाट सुरु भएको बैठक आज शुक्रबार पनि बस्ने भएको हो । बैठक बिहान ११ बजेदेखि सुरु हुने भएको छ । हिजोको बैठकमा पार्टीको क्रियाशील सदस्यता सम्बन्धमा छलफल केन्द्रित...