एउटै महाशाखा अन्तर्गतको कार्यालयका ३० पद रिक्त
मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको भवन आवास तथा शहरी विकास महाशाखाअन्तर्गतका कार्यालयमा ३७ दरबन्दी रिक्त रहेको छ।
महाशाखाको स्वीकृत दरबन्दी एक सय १० रहेकोमा ७३ जनामात्र रहेको महाशाखा प्रमुख राजेशकुमार पौडेलले जानकारी दिए ।
महाशाखा प्रमुख पौडेलका अनुसार महाशाखाअन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरमा ४ जना, शहरी विकास तथा भवन कार्यालय नुवाकोटमा ६ जना, कार्यालयको जनता आवासतर्फ ५ जना, शहरी विकास तथा भवन कार्यालय काभ्रेमा ७ जना, शहरी विकास तथा भवन कार्यालय काठमाडौंमा ३ जनाको दरबन्दी अझै रिक्त रहेको छ ।
