समाचार
असार मसान्तसम्म भुक्तानी गर्नुपर्ने ब्याज/किस्ता पुस मसान्तसम्म तिर्न सकिने
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमलाई मध्येनजर गर्दै जारी गरेको निषेधाज्ञाको अवधि २०७८ असारसम्म भुक्तानी गर्नुपर्ने ब्याज तथा किस्ता अब पुस मसान्तसम्म तिर्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै सो कुराको जानकारी गराएका हुन् । मौद्रिक नीतिले निषेधाज्ञा अवधिका...
तेस्रो लहर कोरोना : आइसोलेशन र अस्पताल सूचीकृत गर्न सरकारको निर्देशन
काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचारका लागि आइसोलेशन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्न ७७ वटै जिल्ला प्रमुख अधिकारी (सिडियो) निर्देशन दिएको छ । गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्येनजर गर्दै उपचारको लागि आइसोलेशन सेन्टर, अस्पताल र मेडिकल कलेज...
नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गर्भनर महाप्रसाद अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले सरकारको न्यूनतम साझा कार्यक्रम, नीति तथा कार्यक्रम, देशको वर्तमान आर्थिक अवस्थाको जानकारी २०७८ तथा राष्ट्र बैंकको तेस्रो रणनीतिक योजनालाई...
थप ३९१५ जना कोरोना पुष्टि, २७ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ६३ जनामा र ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण गर्दा १ हजार...
हेटौंडा खानेपानी बोर्डद्वारा ९५ प्रतिशत महसुल उठाउन सफल
मकवानपुर । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गत आर्थिक वर्ष २०७६/०७८ मा बिलिङ्ग गरेकोमा ९ करोड १८ लाख ७२ हजार मध्ये ९ करोड १८ लाख ७२ हजार अर्थात ९५ दशमलब १९ प्रतिशत महसुल उठाउन सफल भएको जनाएको छ । बोर्डले आज शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै सो कुराको जानकारी...
‘कास्ट अन म्याथम्याटिक्स’ कार्यक्रम सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयमा ‘कास्ट अन म्याथम्याटिक्स’ कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । भर्चुअल प्रविधिबाट शुक्रबार भएको नवोदय म्याथ क्लवको आयोजनामा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुले कक्षामा छलफल भएका गणित विषयसँग सम्बन्धित विषयवस्तुहरु स्लाइडमार्फत कक्षागत रुपमा प्रस्तुति दिएका...
मकवानपुरमा थप ५० जनामा कोरोना पुष्टि, एक जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ११४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ९४ जनाको पीसीआर परीक्षण गर्दा ४२ जनामा र २० जनाको एन्टिजेन परीक्षण गर्दा ६...
मकवानपुरकै उत्कृष्ट स्थानीय तहमा थाहा नगरपालिका
मकवानपुर । मकवानपुर जिल्लाकै उत्कृष्ट स्थानीय तहमा थाहा नगरपालिका घोषित भएको छ । शुक्रबार जिल्ला समन्वय समिति (जिसस) मकवानपुरद्वारा हेटौंडामा आयोजित छैठौं जिल्ला सभाले जिल्लाकै उत्कृष्ट स्थानीय तहमा थाहा नगरपालिकालाई घोषित गरेको हो । यससहित जिसस मकवानपुरको मुल्याङ्कनमा थाहा नगरपालिका तेस्रो पटक उत्कृष्ट स्थानीय तह घोषित भएको हो ।...
मकवानपुरमा आज एकैदिन ४३३ जना कोरोनामुक्त, सबैभदा धेरै भीमफेदीमा
मकवानपुर । मकवानपुरमा आज थप ४३३ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ४०३ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै भीमफेदी गाउँपालिकाका रहेका छन् । त्यहाँ आज ३५६ जना कोरोना...
हुम्लामा साँघु तर्ने क्रममा नदीमा खसेर दुई जना बेपत्ता, खोजीकार्य जारी
सिमकोट । हुम्लामा काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल रहेको प्रहरीले जनाएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ । उनीहरु...










