समाचार
मकवानपुरमा आज थप ३८ जना कोरोना संक्रमणमुक्त, कहाँ कति ?
मकवानपुर । मकवानपुरमा आज थप ३८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ३८ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै भीमफेदी गाउँपालिकाका रहेका छन् । त्यहाँ आज २१ जना कोरोना...
अखिल क्रान्तिकारी मकवानपुर क्याम्पसको अध्यक्षमा लामा
मकवानपुर । अखिल क्रान्तिकारी मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्षमा छोइसाङ लामा (स्याङ्तान) चयन भएका छन् । शनिबार भएको आठौं इकाई सम्मेलनबाट लामाको संयोजकत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको हो । यस्तै, समितिको उपाध्यक्षमा स्वतिका नेगी मधुरंजन, सचिवमा अम्युदय खनाल, सहसचिवमा रितिना श्रेष्ठ, विजन बर्तौला र कोषाध्यक्षमा सुजन सिलवाल चयन भएका...
प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच भेटवार्ता भएको छ । गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका खड्का र प्रधानमन्त्री देउवाबीच शनिबार भेटवार्ता भएको हो । खड्काले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा संवाद गर्नुका साथै भेटको प्रस्ताव...
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेन भदौं १ गते बस्ने
बुटवल । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन आगामी भदौं १ गते बस्ने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले भदौ १ गते १ बजे बस्ने गरी नवौं अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुख शेरचनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभाका सचिव...
स्याललाई हानेको गोली लागेर आफ्नै छोराको मृत्यु
बुटवल । पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवाका ५६ वर्षीय कर्णबहादुर लम्तरीले हानेको गोली लागेर छोरा ३५ वर्षीय धनबहादुर लम्तरीको मृत्यु भएको प्रहरीले जनाएको छ । कर्णबहादुरले शुक्रबार बेलुकी भरुवा भन्दुकले मकै बारीमा आएको स्याललाई ताकेर हान्न...
पहिरोमा परेर मजदुरको मृत्यु
अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु भएको छ । पहिरोमा परेर पाणिनी–६, लामडाँडा निवासी ४३ वर्षीय मनबहादुर सुनारको मृत्यु भएको हो । निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम...
एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुग्यो : माधव नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्ठी (नेकपा) एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले पार्टी एकता र विभाजनको दोबाटोमा पुगेको बताएका छन् । नेता नेपालले शनिबार बागमती प्रदेश सम्पर्क समितिको शपथ ग्रहण कार्यक्रममा बोल्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको एकपछि अर्को एक्लौटी काम गरिरहेकाले पार्टी एकताको आधार कमजोर हुँदै गएको र...
‘आगामी चुनावमा माओवादी प्रमुख शक्ति बन्न सक्न’
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आगामी चुनावमा आफ्नो पार्टी फेरी प्रमुख शक्ति बन्न सक्ने सम्भावना रहेको बताएका छन् । शनिवार काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा समसामयिक परिस्थितिबारे संक्षिप्त रिपोटिङ गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । उनले भने,‘आगामी निर्वाचनसम्म...
अझै एक साता मनसुन सक्रिय हुने
काठमाडौं । आगामी साता देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी एक साता देशभर मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार आगामी साता देशका अधिकांश स्थानमा वर्षा हुनेछ...
हेटौंडामा खुल्ला दौड प्रतियोगितामा सम्पन्न
मकवानपुर । हेटौंडामा अन्तराष्ट्रिय युवा दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत आज ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ । अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा बागमती प्रदेश प्रदेश युवा परिषद्को साताव्यापी कार्यक्रम अन्तरगत आज शनिबार जिल्ला खेलकुद समिति मकवानपुरको समन्वयमा दौड प्रतियोता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा...










