प्रधानमन्त्री देउवा र पारस खड्काबीच भेटवार्ता

तु खबर संवाददाता
२०७८ श्रावण ३०, शनिबार १६:४७

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काबीच भेटवार्ता भएको छ ।

गत साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका खड्का र प्रधानमन्त्री देउवाबीच शनिबार भेटवार्ता भएको हो ।

खड्काले क्रिकेटबाट सन्यास लिएको घोषणा गरेपछि प्रधानमन्त्री देउवाले टेलिफोनमा संवाद गर्नुका साथै भेटको प्रस्ताव गरेका थिए । सोही अनुसार, शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको पूर्व कप्तान खड्काले जानकारी दिए ।

भेटमा खड्काले आफूले राष्ट्रिय टिमबाट देशका लागि गर्नसक्ने जत्ति गरिसकेकाले सन्यास लिने निर्णयमा पुगेको बताए ।

त्यस्तै, प्रधानमन्त्री देउवाले सोधेको एक प्रश्नको उत्तर दिँदै पारसले अन्तर्राष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएपनि क्रिकेटबाट टाढा नहुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले पनि त्यसका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताएका छन् ।