मकवानपुरमा आज थप ३८ जना कोरोना संक्रमणमुक्त, कहाँ कति ?

तु खबर संवाददाता
२०७८ श्रावण ३०, शनिबार १७:३६
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ३८ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ३८ जना आज संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै भीमफेदी गाउँपालिकाका रहेका छन् । त्यहाँ आज २१ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी, संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ४ जना, थाहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका ५/५ जना, बागमती गाउँपालिकका २ जना र बकैया गाउँपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १३ हनार ४ सय ८२ जना पुगेको छ ।

त्यस्तै, जिल्लामा आज थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज ११३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ९४ जनाको पीसीआर परीक्षण गर्दा २७ जनामा र १९ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका ३० जना, थाहानगरपालिका, मकवानपुरगढी र भीमफेदी गाउँपालिका २/२ जना, बकैया र मनहरी गाउँपालिकाका एक÷एक जना रहेका छन् । यससँगै जिल्लामा हालसम्म १४ हजार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५४ जना पुगको छ । जिल्लामा पछिल्लो २४ घण्टामा भने कोरोना कारण कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय जनाएको छ ।