हेटौंडामा खुल्ला दौड प्रतियोगितामा सम्पन्न

तु खबर संवाददाता
२०७८ श्रावण ३०, शनिबार १४:५६

मकवानपुर । हेटौंडामा अन्तराष्ट्रिय युवा दिवसको साताव्यापी कार्यक्रम अन्तर्गत आज ५ किलोमिटर पुरुष खुल्ला दौड प्रतियोगिता सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय युवा दिवस २०२१ को अवसरमा बागमती प्रदेश प्रदेश युवा परिषद्को साताव्यापी कार्यक्रम अन्तरगत आज शनिबार जिल्ला खेलकुद समिति मकवानपुरको समन्वयमा दौड प्रतियोता सम्पन्न भएको हो ।

उक्त प्रतियोगितामा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ वनस्पतिका महेश मोक्तान १६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरी प्रथम बन्न सफल भएका छन् ।

त्यस्तै, प्रदेश प्रहरी कार्यालयका सुरेश साह १७ मिनेट २६ सेकेन्डमा दौड पुरा गरेर दोस्रो बन्न सफल भएका छन् भने प्रदेश प्रहरी कार्यालयकै एजिन राई १७ मिनेट ३६ सेकेन्डमा दौड पुरा गरी तृतिय बन्न सफल भएका छन् ।

हेटौंडाको बुद्धचोकबाट सुरु भएको दौड प्रतियोगिता पिप्लेमा पुगेर पुनः बुद्धचोक मै समापन भएको थियो । उक्त प्रतियोगितामा ४० जनाले सहभागि जनाएको रहेको जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले जानकारी दिए ।