पहिरोमा परेर मजदुरको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण ३०, शनिबार १६:००
सांकेतिक तस्वीर

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको मृत्यु भएको छ ।

पहिरोमा परेर पाणिनी–६, लामडाँडा निवासी ४३ वर्षीय मनबहादुर सुनारको मृत्यु भएको हो ।

निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा घटनास्थलमै मृत्यु भएको जिल्ला पहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनारलाई माथिबाट एक्कासि आएको पहिरोले पुरेको थियो । घटना भएको २ घण्टापछि प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर पुरिएका सुनारको शव निकालेका थिए ।