हुम्लामा साँघु तर्ने क्रममा नदीमा खसेर दुई जना बेपत्ता, खोजीकार्य जारी
सिमकोट । हुम्लामा काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् ।
बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल रहेको प्रहरीले जनाएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएको स्थानीयवासी तारा रावलले जानकारी दिइन् ।
उनीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
जडीबुटी सङ्कलनका लागि थाली गाउँका करीब ३० जना गएको बताइएको छ ।
