थप ३९१५ जना कोरोना पुष्टि, २७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २९, शुक्रबार १७:२९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९ सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ७ सय ८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७ सय ६३ जनामा र ६ हजार ८ सय ७४ एन्टिजेन परीक्षण गर्दा १ हजार १ सय ५२ गरी ३ हजार ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २८ हजार ५३२ पुगेको छ । तीमध्ये हालसम्म १० हजार २ सय ३९ जना कोरोना संक्रमितको मृत्यु भएसँगै ६ लाख ७९ हजार ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७ जनाको मृत्यु भएको छ भने २ हजार ११८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७ सय ९८ जना रहेका छन् । जसमध्ये ३५ हजार ५१८ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २८० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३६ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।