समाचार

मकवानपुरमा विद्यालय संचालनका लागि अध्ययन गर्न समिति गठन

मकवानपुर । मकवानपुरमा बन्द रहेका विद्यालय संचालनका लागि अध्ययन गर्न समिति गठन गरिएको छ । बुधबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरको १० वटै स्थानीय तहमा विद्यालय संचालन गर्न अध्ययन समिति गठन गरेको हो । बैठकले शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा समिति...

हेटौंडाका न्यौपाने पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले चेक अनादर मुद्दामा फरार हेटौंडाका एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बस्ने ३८ वर्षीय पुस्कल न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । मकवानपुर जिल्ला अदालत हेटौंडाको मिति २०७६ साल जेठ १...

मकवानपुरमा निषेधाज्ञा भदौ २० गतेसम्म लम्बियो

मकवानपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र मकवानपुरको आज (बुधबार) बसेको बैठकले जारी निषेधाज्ञालाई आगामी भदौ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । बैठकले भोलि भदौ १० गते राति १२ बजेदेखि लागू हुने गरी आगामी भदौ २० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।...

जसपा एक साताभित्र सरकारमा सहभागी हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल एक साताभित्र सरकारमा सहभागी हुने भएको छ । जसपाले संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेश र पहाडको प्रतिनिधित्व हुनेगरी समावेशी आधारमा पार्टी एक साताभित्र सरकारमा सहभागी हुने दावी गरेका हुन् । पार्टी सुदृढीकरण एवं जनजागरण अभियान अन्तर्गत बागमती प्रदेशलाई समेटेर बुधबार...

पछिल्लो २४ घण्टामा २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ८२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । ् यस्तै, पछिल्लो २४ घण्टामा...

मकवानपुरमा आज ३४ जनामा कोरोना पुष्टि, कुल संख्या कति पुग्यो ?

मकवानपुर । मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार मकवानपुरमा १७२ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, १३० जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा र ४२ जनाको एन्टीजेन परीक्षण...

हेटौंडामा २५ मिटर सडक विस्तार गरेरै छाड्ने मेयर महतको अडान, संघीय सरकारको ध्यानाकर्षण

मकवानपुर । पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ अन्तरगत हेटौंडा बजार क्षेत्रमा पर्ने सडकको दायाँ/बाँया २५/२५ मिटर विस्तारकोे विषयले लामो समयपछि पुनः चर्चा पाएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सडक विस्तार गरेरै छाड्नै अडान लिएपछि यो विषयले पुनः चर्चा पाएको हो । मेयर महतले बुधबार पत्रकार सम्मेलनमार्फत् संघीय...

मकवानपुरका घिसिङ १०४ किलो गाँजासहित पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको थाहानगरपालिका वडा नम्वर ३ दोबाटोस्थित सडकखण्डबाट १०४ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८, बुढिचौर बस्ने ४१ वर्षीय अम्बरबहादुर घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

चन्द्र ढकाल धितोपत्र बोर्डको संचालक समितिमा नबस्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् । ण्कालले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी गारएका हुन् । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए । उनले भने, ‘बोर्डमा नबस्ने बारेमा आज मैले...

एकैदिन ४८ अंकले घट्यो नेप्से

काठमाडौं । आज बुधबार नेप्से परिसूचक ४८ अंकले घटेको छ । बुधबार एकैदिन नेप्से परिसूचक ४८ दशमलव ४२ अंकले घटेर ३ हजार ७६ दशमलव ४४ अंकमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेपाल राष्ट्र बैंकले हिजो जारी गरेको एकीकृत निर्देशिकाको कारण पुँजि बजारमा आतंक फैलिएको हो । कुल...