मकवानपुरमा आज ३४ जनामा कोरोना पुष्टि, कुल संख्या कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ भाद्र ९, बुधबार १७:४६
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ३४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बुधबार मकवानपुरमा १७२ जनाको एन्टीजेन र पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, १३० जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा र ४२ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । मकवानपुरको आजको कोरोना संक्रमित दर १९ प्रतिशत रहेको छ।

संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २८ जना, थाहानगरपालिका र मनहरी गाउँपालिकाका २÷२ जना, मकवानपुरगढी र बागमती गाउँपालिकाका एक÷एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण हुनेको कूल संख्या १४ हजार ५ सय ८४ जना पुगेको छ ।

यस्तै, आज जिल्लामा ५ जना कोरोना मुक्त भएका छन। विभिन्न मितिमा कोरोना संक्रमित भई होम तथा संस्थागत आइसोलेशनमा बसेका ५ जना कोरोना मुक्त भएका हुन् यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १४ हजार २ सय २४ जना रहेका छन् ।

यसैगरी, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५९ जना पुगेको छ । बुधबार जिल्लामा कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।